अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२७ | Colorodo: 06:42

आज ‘लकडाउन’को पाचौं दिन, प्रहरीद्धारा “मल्टि फङ्सनल एण्ड एरेष्ट” उपकरणको प्रयोग

बिआरटीनेपाल २०७६ चैत १५ गते ६:३७ मा प्रकाशित

आज सरकारले जारी गरेको देशब्यापी लकडाउनको आज चौथो दिन । बिहानबाट शहरका चोक– चोकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ । सरकारले चोक–चोक र बस्तीमा सुरक्षाकर्मी खटाएर मानिस तथा सवारी साधनको आवागमनमा रोक लगाएको छ । लकडाउनको अवज्ञा गरी घर वाहिर नस्कनेहरुलाई नियन्त्रणमा लिन प्रहरीले “मल्टि फङ्सनल एण्ड एरेष्ट” उपकरणको प्रयोग गर्न थालेको छ ।

नेपाल प्रहरीले ६ वटा यस्ता डिभाइसमार्फत अवज्ञा गर्नेहरुलाई नियन्त्रणमा लिन थालेको हो । यो डिभाइसमार्फत प्रहरीले बाटोमा अनावश्यक रुपमा निस्केकाहरुलाई ३ मिटर परबाटै नियन्त्रणमा लिई गाडीमा राख्न सक्नेछ । कार्यक्षेत्रमा खटिएका प्रहरीमा संक्रमणको समस्या आउन नदिने प्रयासस्वरुप यो उपकरणको प्रयोग गरिएको हो ।

अत्यावश्यक सेवा र वस्तु वाहेक अन्य आवतजावतलाई रोक लगाउन खटिएका प्रहरीहरु पनि कोरोनाको संक्रमणवट बच्न विहिवारवाट विशेष सावधानी अपनाइरहेका छन् । छिटपुटका घटनाबाहेक नागरिकस्तरबाट लकडाउनको पालना भएको सरकारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू