अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४८ | Colorodo: 05:03

कोरोना संक्रमित युवतीसँगै आएका युवाको ’रिपोर्ट नेगेटिभ’

बिआरटीनेपाल २०७६ चैत १५ गते ५:४९ मा प्रकाशित

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका १६ जना शंकास्पद बिरामीको स्वाब ’रिपोर्ट नेगेटिभ’ आएको छ ।प्रतिष्ठानमा भर्ना भएका १६ जना बिरामीको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना पठाइएको थियो ।

उनीहरु सबैको स्वाब रिपोर्ट नेगेटिभ देखिएको बीपी प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले जानकारी दिनुभयो । त्यसैगरी, शनिबार तीनजना बिरामीको स्वाब परीक्षणको नमुना परीक्षणका लागि टेकु पठाइएको उहाँले जानकारी दिनुभएको छ ।

फ्रान्सबाट आएकी कोरोना संक्रमित युवतीसँगै आएका धरान उपमहानगरपालिका– ६, पानवारीका युवाको स्वाब परीक्षण पनि नेगेटिभ देखिएको छ । प्रदेश नम्बर(१ का विभिन्न जिल्लाबाट आइ प्रतिष्ठानमा भर्ना भएका कोरोना संक्रमितको आशंकामा ८ जनाको उपचार भइरहेको ऐरको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू