अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०२ | Colorodo: 14:17

अष्ट्रेलियामा चार नेपाली विद्यार्थी कोरोनाबाट सक्रमित

बिआरटीनेपाल २०७६ चैत १५ गते ५:३६ मा प्रकाशित

अष्ट्रेलियाको सिड्नीमा ४ नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरु अहिले आफ्नै घरमा सेल्फ क्वारेन्टाइन बसिरहेको र चारै जना युवती रहेको क्यानबेरास्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

सिड्नीको ग्रान्भिलमा एउटै कोठा सेयर गरेर बसिरहेका ४ जनामध्ये एकलाई केहीदिन पहिले संक्रमणको लक्षण देखिएको थियो । तर, जाँच गरेर नतिजा नआउन्जेल आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसेकी उनको नतिजामा पोजेटिभ देखिएको थियो ।

आफ्नो साथीलाई कोरोना संक्रमण पोजेटिभ देखिएपछि अन्यले जाँच गर्दा ४ जनामध्ये ३ मा संक्रमण देखिएको हो । विद्यार्थीलाई सहयोग पुर्याईएकोे एनआरएन अष्ट्रेलियाका पदाधिकारी जनाएकाम छन् । उनीहरुको स्वास्थ्य सामान्य रहेको बताएको छ ।

त्यसैगरी सोही क्षेत्रमा बस्ने अर्की एक नेपाली विद्यार्थीमा समेत केही भाइरसको संक्रमण देखिएको र उनको स्वास्थ्य समेत सामान्य रहेको दूतावासले जनाएको छ । अष्ट्रेलियाकै तास्मानियामा यसअघि एक विद्यार्थीमा कोरोना संक्रमण पाइएको भएपनि उनी स्वस्थ भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू