अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२३ | Colorodo: 10:38

नेपालमा कोरोना भाइरसको पाँचौँ संक्रमित भेटिए, बेल्जियमबाट आएकी बाग्लुङकी युवतीमा संक्रमण रहेको पुष्टि

बिआरटीनेपाल २०७६ चैत १५ गते ५:३३ मा प्रकाशित

नेपालमा कोरोना भाइरसको पाँचौँ संक्रमित भेटिएका छन् । बेल्जियमबाट आएकी बागलुङकी २२ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो ।

ती युवती चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन्। उनी क्यूआर ६५२ फ्लाइबाट आएको बताईएको छ । काठमाडौँ बाहिरको कोरोना संक्रमित भेटिएका यो दोस्रो केस रहेको मन्त्रालयका प्रवक्ता देवकोटाले बताउनुभयो ।

यसैबीच, हालसम्म कोरोना संक्रमणको आशंकामा ८७५ वटा टेस्ट भएको र ३२ वटा परीक्षणका क्रममा रहेको मन्त्रालयले जनाएको छ । टेकु अस्पतालमा १० जना आइसोलेसनमा रहेको प्रवक्ता देवकोटाले बताउनुभयो ।

प्रवक्ता देवकोटाले चौथो केशको फ्लाइटको विवरण उल्लेख गर्दै पछिल्लो संक्रमित आएको विमान २० मार्चमा विस्तारा एयरको दिल्लीबाट युकेको ११५ फ्लाइट हो । ती संक्रमित अहिले धनगढीमा उपचाररत छन् ।

यसैबीच, नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएका दुवै युवति एउटै फ्लाइटबाट काठमाडौं आएको खुलेको छ । फ्रान्सबाट कतार हुदै आएकी युवति र बेल्जियमबाट दोहा हुदै आएकी बाग्लुङकी युवति एउटै फ्लाइटबाट काठमाडौं आएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू