अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

कोरोनाको उपचाररत युवतीको स्वास्थ्यमा सुधार

बिआरटीनेपाल २०७६ चैत १४ गते २३:१६ मा प्रकाशित

काठमाडौँ, फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा रहेकी छिन् ।

उपचाररत ती युवती अस्पतालबाट डिस्चार्ज भएको भनी समाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएपछि अस्पतालले युवती अस्पतालमै रहेको र उहाँको स्वास्थ्यमा राम्रो सुधार भइरहेको जनाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सङ्क्रमित युवती अस्पतालमै उपचाररत रहेको जानकारी दिनुभयो । उहाँले कोभिड–१९ सङ्क्रमित तीनै जनाको अस्पतालमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो ।

फ्रान्सबाट आएको कोभिड–१९ सङ्क्रमित युवतीको परिवारका सदस्यको कोभिड परीक्षणको नजिता नेगेटिभ आएको अस्पतालले जनाएको छ । फ्रान्सबाट गत चैत ४ गते कतारको दोहा हुँदै काठमाडौँ आएको युवतीमा कोभिडको सङ्क्रमण देखिएपछि आइसोलेसनमा राखेर उपचार भइरहेको हो । नेपालमा हालसम्म चार जनामा कोभिडको सङ्क्रमण देखिए पनि एक जना उपचारपछि घर फर्किसकेका छन् । गोरखापत्र

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू