अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३६ | Colorodo: 17:51

‘लकडाउन’मा बसिरहेका नागरिकलाई खाद्यवस्तु घरघरमै पुर्याईने

बिआरटीनेपाल २०७६ चैत १४ गते २२:१६ मा प्रकाशित

कोरोना भाइरसको सम्भावित जोखिमका कारण ‘लकडाउन’मा बसिरहेका नागरिकलाई अत्यावश्यक खाद्यवस्तु घरघरमै पुर्याउने व्यवस्था गरिने भएको छ । खाद्य स्टोर, सपिङ सेन्टर, सुपरमार्केट तथा ठूला सपिङ मलले घरघरमै खाद्यवस्तु पुर्याउने विषयमा सहमति जनाएका हुन् ।

गृह मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकमा उनीहरू लकडाउनमा रहेका नागरिकलाई खाद्यवस्तु उपलब्ध गराउन सहमत भएको गृह प्रवक्ता केदारनाथ शर्माले बताउनुभयो । गृहप्रवक्ता शर्माका अनुसार खाद्य सामग्री होम डेलिभरी गर्ने स्टोरले टोल–फ्री नम्बर सार्वजनिक गर्नेछन् ।

उनीहरूले यसअघि नै एप्स वा अनलाइनमार्फत गरिने सपिङ प्रणाली विकास गरेका छन् भने त्यसलाई पनि प्राथमिकता दिइनेछ । उपभोक्ताले आवश्यक सामग्री सोही टेलिफोन, एप्स वा अनलाइनमार्फत माग गर्नेछन । मागबमोजिमको सामग्री उनीहरूले विशेष भ्यानमार्फत घरमै पु¥याउने जनाएका छन् ।

गृह मन्त्रालयले यो सुविधा तत्काल लागु हुने भने पनि प्रणाली विकास गर्न समय लाग्ने भएकाले खाद्यवस्तु घरघरमै लैजान तीन दिन लाग्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू