अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 06:30

स्वास्थ्य सामाग्री लिन वाइडबडी शनिवार २ बजे चीन जाने

बिआरटीनेपाल २०७६ चैत १४ गते २२:१६ मा प्रकाशित

स्वास्थ्य सामाग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिवार दिउसो चीन जाने भएको छ । शनिवार दिउँसो २ बजे वाइडबडी जहाज चीन जाने तय भएको हो । स्वास्थ्य सामग्री लिन शनिवार दिउसो जहाज जाने र आइतवार विहान फर्किने स्रोतले जानकारी दिएको छ ।

कोरोनाभाइरस आशंका गरिएका र संक्रमितहरूको उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण लिन नेपाल एयरलाइन्सको जहाज चीनतर्फ जान लागेको हो । नेपाल एयरलाइन्सको जहाज चीनको गोञ्जाओमा जाने र त्यहाँबाट स्वास्थ्य सामग्री संकलन गरी ल्याउने छ । अनुदान र सरकारले किनेका दुवै सामाग्री एकैपटक सो जहाजमा आउने बताइएको छ । आइतवार विहान सामाग्री आएपछि सोही दिन नेपाली सेनाको हेलिकप्टरबाट सातै प्रदेशमा पुर्याईने सरकारले जानकारी दिएको छ ।

सो सामाग्री पु¥याएपछि कुनै पनि प्रदेशमा स्वास्थ्य सामाग्रीको अभाव नहुने बताइएको छ । विमानले आवश्यक पर्ने पिपिई, किट लगायतका १९ थान सामाग्री ल्याउने छ । योसँगै चीनको एक व्यवसायीक सस्थाले पनि २ हजार किट प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू