अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४६ | Colorodo: 17:01

राष्ट्रपति ट्रम्पद्धारा इतिहासमै ठूलो आकारको आर्थिक सहायता सम्बन्धी विधेयकमा हस्ताक्षर

बिआरटीनेपाल २०७६ चैत १४ गते २२:१४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको इतिहासमै सबैभन्दा ठूलो आकारको आर्थिक सहायता सम्बन्धी विधेयकमा हस्ताक्षर गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले २० अर्ब अमेरिकी डलर बराबरको सहयोता सम्बन्धी विधेयकमा हस्ताक्षर गर्नुभएको हो । दुई दिनअघि तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले दुई पार्टी (डेमोक्र्या्टिक र रिपब्लिकन) को संयुक्त विधेयकलाई पारित गरेको थियो ।

त्यसपछि माथिल्लो सदन सिनेटमा यसमाथि छलफल भएको थियो । कोरोना भाइरसको महामारीका कारण अर्थतन्त्रमा परेको असरलाई सम्बोधन गर्नका लागि यो विधेयक ल्याइएको हो । गएको बुधबारसम्म बेरोजगार भत्ताका लागि निवेदन दिने अमेरिकीको संख्या अहिलेसम्मकै उच्च ३३ लाख पुगेको थियो । अमेरिका अहिले कोरोना भाइरस महामारीको नयाँ इपिसेन्टर बनेको छ । त्यहाँ एक लाख भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू