अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१८ | Colorodo: 14:33

कोरोना कहरः इटालीमा एकैदिन ९ सय बढीको मृत्यु, संक्रमण नियन्त्रणमा हेलचक्र्याई गरे भयावह अवस्था हुने विज्ञहरुको चेतावनी

बिआरटीनेपाल २०७६ चैत १४ गते २२:१३ मा प्रकाशित

विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण इटालीमा एकैदिन ९ सय १९ जनाको मृत्यु भएको छ ।इटालीमा कोरोना महामारी फैलिएपछि एकैदिन यति ठूलो संख्यामा मानिसको मृत्यु भएको यो पहिलो पटक हो । योसँगै त्यहाँ मृत्यु हुनेको संख्या ९ हजार १ सय ३४ पुगेको छ ।

करिब ६ हजार नयाँ संक्रमित पुष्टि भएपछि संक्रमितको संख्या ८६ हजार ५ सय पुगेको छ ।शुरुमा संक्रमण नियन्त्रणमा लापरवाही गरेको आरोप लागेको इटालीमा पछि यसको चर्को मुल्य चुकाउनु परिरहेको छ । विज्ञहरुले कोरोना संक्रमण नियन्त्रणमा कुनै पनि मुलुकले अझै पनि हेलचेक्र्याई गरे उनीहरुको अबस्था यो भन्दा भयावह हुने चेतावनी दिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू