अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३८ | Colorodo: 07:53

कोरोना भाइरस महामारीः अमेरिकामा संक्रमितको संख्या १ लाख नाघ्यो

बिआरटीनेपाल २०७६ चैत १४ गते २२:११ मा प्रकाशित

नोवेल कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड–१९ महामारीको नयाँ इपिसेन्टरका रुपमा विकास भएको अमेरिकामा संक्रमितको संख्या १ लाख नाघेको छ । अमेरिकामा झण्डै १७ हजार नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख नाघेको हो।

पछिल्लो २४ घण्टामा कम्तिमा १६ हजार ९६१ जनामा नयाँ संक्रमण पुष्टि भएपछि अमेरिकामा कुल संक्रमितको संख्या एक लाख दुई हजार ३९६ पुगेको हो । यस्तै मृत्यु हुनेको संख्या १६ सय ७ पुगेको छ ।

अमेरिकामा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या विश्वमै सबैभन्दा धेरै पुगेको छ । इटालीमा संक्रमितको संख्या ८६ हजार ४९८ तथा चीनमा ८१ हजार ३४० रहेको छ । यस्तै स्पेनमा ६५ हजार ७१९, जर्मनीमा ५० हजार ८७१, फ्रान्समा ३२ हजार ९६४ र इरानमा ३२ हजार ३३२ जनामा संक्रमण पुष्टि भएको छ ।

मृत्यु हुनेको संख्या इटालीमा सबैभन्दा धेरै छ । इटालीमा अहिलेसम्म ९ हजार १३४ जनाको मृत्यु भएको छ। स्पेनमा पाँच हजार १३८, चीनमा तीन हजार २९२, इरानमा दुई हजार ३७८ तथा फ्रान्समा १९ सय ९५ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेसम्म ५ लाख ९७ हजार १६९ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये २७ हजार २५१ जनाको मृत्यु भएको छ । यसैगरी अहिलेसम्म १ लाख ३२ हजार ६२२ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू