अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१८ | Colorodo: 09:33

रूसमा रेष्टुरेन्ट तथा क्याफे बन्द गर्न निर्देशन– अन्तर्राष्ट्रिय हवाई सेवा समेत बन्द

बिआरटीनेपाल २०७६ चैत १४ गते २२:०८ मा प्रकाशित

रूसी सरकारले देशमा रहेका सबै रेस्टुरेन्ट तथा क्याफेहरु बन्द गर्न निर्देशन दिएको छ । शनिबारदेख एक हप्तासम्म रेस्टुरेन्ट तथा क्याफेरूलाई बन्द गर्न निर्देशन दिइएको हो । कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन यस्तो निर्णय लिनुपरेको रूसी अधिकारीहरूले बताएका छन् ।

शुक्रवार जारी गरिएको निर्देशनमा घरभन्दा बाहिर खानपिनका लागि जम्मा हुन नपाइने उल्लेख गरिएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले गत बिहिवार नै एक हप्ताका लागि काम बन्द हप्ता घोषणा गरेका थिए ।

उहाँले यही मार्च २८ तारिखदेखि अप्रिल ५ सम्म काम बन्द हप्ता तोक्नुभएको हो । सरकारले शुक्रबारदेखि अन्तराष्ट्रिय हवाई सेवा समेत बन्द गरेको छ । रूसमा पछिल्लो समय कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या बढ्दै गएको छ । शुक्रबार सम्मको विवरण अनुसार रूसमा कोरोना भाइरसका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ८४० जना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू