अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

कोरोना नियन्त्रणमा ट्रम्पद्धारा चीनको प्रशंसा, राष्ट्रपतिद्धयबीच टेलिफोन वार्ता

बिआरटीनेपाल २०७६ चैत १४ गते ७:४२ मा प्रकाशित

कोरोना भाइरसको महामारीबाट विश्वमा आइलागेको संकटबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिंगबीच टेलिफोन कुराकानी भएको छ। कोरोना भाइरसको सुरुवात गत डिसेम्बरमा चीनको वुहान शहरबाट भएको थियो र ट्रम्पले त्यसलाई ‘चिनियाँ भाइरस’को संज्ञा दिनुभएको थियो ।

तर अहिले अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरस नियन्त्रणबारे चीनको प्रशंसा गर्नुभएको छ । “भर्खरै चीनका राष्ट्रपति सीसँग महत्वपूर्ण कुराकानी भयो। कोरोनाभाइरसको बारेमा विस्तृत छलफल गरियो । चीनले अहिलेसम्म भाइरसबारे उत्कृष्ट समझदारी विकसित गरेको छ । हामी साथ मिलेर काम गरिरहेका छौँ । धेरै सम्मान” ट्रम्पले ट्विट गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू