अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०८ | Colorodo: 02:23

बेलायती प्रधानमन्त्री बोरिस जोनसन पनि कोरोनाबाट संक्रमित

बिआरटीनेपाल २०७६ चैत १४ गते ७:३८ मा प्रकाशित

बेलायती प्रधानमन्त्री बोरिस जोनसनमा पनि कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटले शुक्रबार यसबारे पुष्टि गर्दै जोनसनमा सामान्य लक्षण देखिएको बताएको छ। उहाँ ‘सेल्फ आइसोलेसन’ मा बस्ने र त्यहीबाट सरकार सञ्चालन गर्ने डाउनिङ स्ट्रिटका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ।

इंगल्यान्डका मुख्य चिकित्सा अधिकारी प्रा. क्रिस व्हिटीको व्यक्तिगत सल्लाहपछि जोनसनकोे परीक्षण गरिएको थियो । कोरोना संकटसँग जुध्न ब्रिटिस सरकारको प्रयासको उहाँले नै नेतृत्व गर्ने वक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू