अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५२ | Colorodo: 17:07

रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका आजबाट खुला

बिआरटीनेपाल २०७६ चैत १४ गते ७:३६ मा प्रकाशित

माघ १५ गतेदेखि बन्द चीनतर्फका रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका आजबाट खुला भएका छन् । सामान ल्याउन मिल्नेगरी नाका खुला गरिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिनुभयो ।

सामान ओसारपसारमा संलग्न चालक, कामदार तथा कर्मचारीलाई कोरोना भाइरस सङ्क्रमण जाँच गरेर मात्रै आवतजावत गर्न दिने पनि उहाँले बताउनुभयो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत बुधबार रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो ।

चीनतर्फ रसुवागढी नाकामा नेपालका लागि हिँडेका करिब २ सय कन्टेनर रोकिएको दुई महिनाभन्दा बढी भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू