अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३८ | Colorodo: 07:53

कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभर मृत्यु हनेको संख्या २५ हजार नजिक

बिआरटीनेपाल २०७६ चैत १४ गते ७:३५ मा प्रकाशित

विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबारसाँझ सम्म मृत्यु हुनेको संख्या २५ हजार नजिक पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वका विभिन्न देशमा गरी २४ हजार ९ सय १४ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंसारभर ५ लाख ५१ हजार २८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरूमा १ लाख २८ हजार ७०३ जना उपचारपछि घर फर्किएका छन् ।

हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित देश इटालीमा यस रोगको सङ्क्रमणका कारण आठ हजार २१५ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा ४ हजार ३६५ जनाको मृत्यु भएको छ भने इरानमा २ हजार २३४ जनाको मृत्यु भएको छ । जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण २६७ व्यक्तिको मृत्यु भएको छ ।

संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार ३०० जनाको मृत्यु भएको छ । फ्रान्समा १ हजार ६९६ जनाको मृत्यु हुँदा जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण २६७ व्यक्तिको ज्यान गएको छ । दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १३९ व्यक्तिको मृत्यु हुँदा स्विट्जरल्याण्डमा १९२ जनाले ज्यान गुमाएका छन् । बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण ५७८ व्यक्तिको मृत्यु भएको छ ।

यसैगरी नेडरल्याण्डमा भाइरस सङ्क्रमणको कारण ४३४ व्यक्तिको मृत्यु भएको छ भने बेल्जियममा कोरोना २२० व्यक्तिको मृत्यु भएको छ । नर्वेमा १४, अष्ट्रेलियामा १३, ब्राजिलमा ७७, स्वेडेनमा ७७, पोर्चुगलमा ६०, क्यानाडामा ३९ , डेनमार्कमा ४१, मलेसियामा २४, आयरल्याण्डमा १९, पोल्याण्डमा १६ , ग्रीसमा २७, इन्डोनेसियामा ७८, फिलिपिन्समा ४५, हङकङमा ४, इराकमा ३६, अल्जेरियामा २५ , भारतमा २०, जनाको मृत्यु भएको छ । पाकिस्तानमा ९, थाईल्याण्डमा ४, सिङ्गापुरमा २, रुसमा ३, पेरुमा ९, मेक्सिकोमा ८, इजिप्टमा २४, पानामामा ९, अर्जेन्टिनामा १२, लेबनानमा ६, संयुक्त अरव इमिरेट्समा २, ताइवानमा २, सानमारिनोमा २१, हंगेरीमा १०, मोरक्कोमा ११, अफगानिस्तानमा ४ , नाइजेरियामा १, बङ्गलादेशमा ५, घानामा ४, सुडानमा १ व्यक्तिको मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ ।

सङ्क्रमित मात्र देशहरूमा नेपाल, म्यानमार माली, चाड, भुटान, लिबिया, सिरिया, पपुवा न्यु गिनी, अङ्गोला, फिजी, हाइटी आदि रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू