अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२३ | Colorodo: 17:38

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

बिआरटीनेपाल २०७६ चैत १४ गते ७:२९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल बाट डिस्चार्ज हुनुभएको छ । गएराति राती ११ बजे प्रधानमन्त्री ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

उहाँको मुटुको चालमा गडबडी भएपछि अस्पताल भर्ना गरिएको र आज दिनभर उहाको स्वास्थ्य अवस्था सामान्य रहेकाले डिस्चार्ज गरिएको प्रधानमन्त्रीका नीजि चिकित्सक प्रा. डा. दिब्या सिंह शाहले जानकारी दिनुभयो । ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किनुभएको थियो ।

उहाँलाई डिस्चार्ज गर्ने समयमा चिकित्सकले प्रधानमन्त्री अझै पनि संक्रमणको जोखिममा रहेको भन्दै कडा सावधानी अपनाउन सुझाएका थिए । तर बालुवाटार फर्किएलगतै प्रधानमन्त्री ओलीले राजनितिक भेटघाटलाई तीव्रता दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू