अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२१ | Colorodo: 03:36

अधिक “टेस्टिङ” का कारण अमेरिकामा सबैभन्दा धेरै कोरोना संक्रमित – राष्ट्रपति ट्रम्प

बिआरटीनेपाल २०७६ चैत १३ गते २२:४६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना संक्रमितको संख्या धेरै हुनुको कारणलाई ‘टेस्टिङको नतिजा’ भन्नुभएको छ । एक पत्रकार सम्मेलनमा उहाँले अमेरिकामा अत्यधिक मात्रामा परीक्षण भएकोले अधिक संक्रमित भेटिएको प्रतिक्रिया दिनुभएको हो ।

उहाँले कोरोना भाइरसको उद्गमस्थल रहेको चीनले तथ्याङ्क लुकाएको आरोप पनि लगाउनुभएको छ । ‘चीनले कोरोनाको संक्रमणको जुन तथ्याङ्क बाहिर देखाएको छ, त्यो सत्य होइन । चीनमा संक्रमितको संख्या तथ्याङ्कमा देखाइएको भन्दा अधिक छ ।’–ट्रम्पको भनाई छ ।

अमेरिकामा पुष्टि भएका संक्रमितको संख्या विश्वमा सबैभन्दा धेरै पुगेको छ । पछिल्ला केही दिन १० हजार भन्दा बढीका दरले नयाँ संक्रमित थपिएको अमेरिकामा कुल संक्रमितको संख्या कोरोना भाइरसको उत्पति भएको चीनमा भन्दा धेरै भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू