अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१९ | Colorodo: 08:34

अमेरिकामा कोरोना महामारीको अवस्था डरलाग्दोे, संक्रमितको संख्याले चीनलाई उछिन्यो

बिआरटीनेपाल २०७६ चैत १३ गते २२:३५ मा प्रकाशित

अमेरिकामा कोराना संक्रमितको संख्या सबैभन्दा बढी देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १४ हजार ९९५ जनामा कोरोना भाइरसको नयाँ संक्रमण पुष्टि भएको छ ।चीनमा कुल संक्रमितको संख्या ८१ हजार २८५ छ भने अमेरिकामा त्यो भन्दा बढी ८६ हजार ००४ पुगेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिए जस्तै विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको संक्रमणको नयाँ इपिसेन्टर अमेरिका बन्दै गएको छ । तेस्रो स्थानमा रहेको इटालीमा संक्रमितको संख्या ८० हजार ५९८ पुगेको छ । पछिल्लो २४ घण्टामा इटालीमा ६ हजार २०३ जना नयाँ संक्रमित थपिएका हुन् ।

यस्तै स्पेनमा ८ हजार २७१ नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्या ५७ हजार ७८६ पुगेको छ । पछिल्लो केही दिनयता स्पेनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या लगतार तीव्र गतिमा बढेको छ । पछिल्लो २४ घण्टामा ७१८ जनाको मृत्यु भएपछि कोरोना भाइरसका कारण स्पेनमा ज्यान गुमाउनेको संख्या ४ हजार ३६५ पुगेको छ ।

इटालीमा पनि पछिल्लो २४ घण्टामा ७१२ जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या ८ हजार २१५ पुगेको छ । संक्रमण अति डरलाग्दो दरमा बढेको अमेरिकामा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १७४ ले थपिएपछि ज्यान गुमाउनेको संख्या १२ सय एक पुगेको छ ।

विश्वभर अहिलेसम्म ५ लाख ३६ हजार ८६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये २४ हजार ७३ जनाको मृत्यु भएको छ । अहिलेसम्म १ लाख २३ हजार ३८० जना निको भएर घर फर्किएका छन् ।

 

प्रतिक्रिया