अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०२ | Colorodo: 15:17

स्पेनमा रहेका चार नेपाली पुरुषलाई कोरोनाको संक्रमण

बिआरटीनेपाल २०७६ चैत १३ गते २२:३२ मा प्रकाशित

बार्सिलोना, १४ चैत । स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरूको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ । बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपचार भइरहेको छ । अन्य ३ जना भने हस्पितालेद क्षेत्रका हुन् । उनीहरू त्यहाँस्थित अस्पतालमा भर्ना भएका छन् ।

सङ्क्रमित व्यक्तिहरूको विवरण भने गोप्य राखिएको छ । स्रोतका अनुसार चारै जना सङ्क्रमितहरू पुरुष हुन् । तीन जनाको अवस्था सामान्य रहे पनि एक जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ । स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पाले नेपालीहरू सङ्क्रमित भएको सूचना दूतावासलाई प्राप्त भएको बताइन् । दैनिक नेपालबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू