अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:११ | Colorodo: 03:26

आज ‘लकडाउन’को चौथो दिन, अत्यावश्यक सेवाका सवारीमा यात्रुको आवतजावत, थप कडाइ गरिदै

बिआरटीनेपाल २०७६ चैत १३ गते २२:३० मा प्रकाशित

आज सरकारले जारी गरेको देशब्यापी लकडाउनको  चौथो दिन । बिहानबाट शहरका चोक– चोकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ । सरकारले चोक–चोक र बस्तीमा सुरक्षाकर्मी खटाएर मानिस तथा सवारी साधनको आवागमनमा रोक लगाएको छ ।

अत्यावश्यक सेवा र वस्तुबाहेक अन्य आवतजावतमा रोक लगाउन सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु खटिएका छन् । सडकमा अत्यावश्यक वाहेक अरु सवारी साधन गुडेका छैनन् । हिजो अस्ति जस्तै लकडाउनको अवज्ञा गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिने प्रहरीले जानकारी दिएको छ । लकडाउनको अवज्ञा गर्दै एम्बुलेन्स र खानेपानीका ट्याङ्करमा समेत यात्रु आवतजावत गर्न थालेपछि प्रहरीले त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गर्ने काम तीव्र बनाएको छ ।

अत्यावश्यक सेवा र वस्तु वाहेक अन्य आवतजावतलाई रोक लगाउन खटिएका प्रहरीहरु पनि कोरोनाको संक्रमणवट बच्न विहिवारवाट विशेष सावधानी अपनाइरहेका छन् । प्रहरीहरु पञ्जा र मास्क सहित ड्युटीमा खटिएका छन् । सडकमा आवतजावत गर्ने यात्रु र सवारी साधनवाट करिब एक मिटरको दुरी कायम गर्दै प्रहरी ड्युटीमा खटिएका छन् । छिटपुटका घटनाबाहेक नागरिकस्तरबाट लकडाउनको पालना भएको सरकारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू