अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४८ | Colorodo: 23:03

लकडाउन उत्तम विकल्प, ज्यालादारीलाई तत्काल राहत प्याकेज घोषणा गर: देउवा

बिआरटीनेपाल २०७६ चैत १३ गते ९:५५ मा प्रकाशित

काठमाडौँ, विश्वभरि फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प भए पनि यसबाट प्रभावित न्यून आय भएका व्यक्तिका लागि तत्काल राहत प्याकेज घोषणा गर्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आग्रह गर्नुभएको छ । देउवाले दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएका व्यक्तिका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग अनुरोध गर्नु भएको हो । सभापति देउवाले लक डाउनमा सरकारले दैनिक ज्यालादारी र न्यून आय भएकाको दैनिक गुजारा चलाउने प्रबन्ध पनि गर्न आवश्यक रहेको बताउँदै कोरोना भाइरसबाट सुरक्षित हुँदाहुँदै कोही पनि भोकमरीको सिकार बन्न नपरोस् भनी उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू