अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१० | Colorodo: 23:25

सांसद मोहन आचार्यले आफ्नै घरमा बनाए २१ शैयाकोे क्वारेन्टाइन

बिआरटीनेपाल २०७६ चैत १३ गते ९:३२ मा प्रकाशित

रसुवा, प्रतिनिधिसभामा रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यले आफ्नो घरमा २१ शैयाको क्वारेन्टाइन निर्माण गरेका छन् । विश्वव्यापी सङ्क्रमणको रूपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ को शङ्कास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि सांसद आचार्यले आफ्नै घरमा २१ शैयाको क्वारेन्टाइन निर्माण गरेका हुन् ।

यसअघि बेत्रावती स्थित सहकारी भवनमा २० शैयाको क्वारेन्टाइन निर्माण गरिने भनिए पनि त्यहाँ उपयुक्त नभएपछि सांसद आचार्यले आफ्नो घरमा क्वारेन्टाइन बनाउन दिएका हुन् ।

सांसद आचार्यको घरको चार वटा कोठामा सुविधा सम्पन्न २१ शैयाको क्वारेन्टाइन निर्माण भएको उत्तर गया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए । कोठाभित्र ट्वाइलेट, बाथरुम, धारा सबै सुबिधासम्पन्न छ, उनले भने क्वारेन्टाइन निर्माणका लागि चाहिने पूर्वाधारहरू पनि भएको हुँदा माननीय ज्युले खुसीसाथ उपलब्ध गराउनु भएको छ, ।

सांसद आचार्यले विश्व नै कोरोना भाइरससँग लडिरहेका बेला शङ्कास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि आफ्नै घरमा क्वारेन्टाइन निर्माण गरी विपद्को घडीमा गरेको सहयोग प्रशंसनीय रहेको लम्सालले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू