अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३९ | Colorodo: 03:54

नेपाली नागरिकको सुरक्षा गरिदिन परराष्ट्र मन्त्रालयको कुटनीतिक नियोगलाई आग्रह

बिआरटीनेपाल २०७६ चैत १३ गते ६:१७ मा प्रकाशित

परराष्ट्र मन्त्रालयले कूटनीतिक नियोगहरु मार्फत् नेपाली नागरिकको आवश्यक सुरक्षा गर्न सम्बन्धित मुलुकहरूलाई आग्रह गरेको छ । नेपालमा आउने अन्तर्राष्ट्रिय नाका लकडाउनका कारण दुई दिनदेखि बन्द भएपछि मन्त्रालयले विदेशमा रहेका आफ्ना ३० राजदूतावास र तीन स्थायी नियोगमार्फत् सन्देश सम्बन्धित मुलुकलाई पठाएको हो ।

साथमा मन्त्रालयले नेपालमा रहेका सम्बन्धित मुलुकका नागरिकलाई पनि नेपाल सरकारले सुरक्षित रूपमा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । मन्त्रालयले आफ्ना नियोगमार्फ पठाएको सन्देशमा विदेशी नागरिक नेपालमा रहेकाले नेपाली नागरिकलाई पनि सुरक्षित साथ राखिदिन अनुरोध गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादव र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशस्थित नेपाली नियोगका राजदूत तथा नियोग प्रमुखसँगको भिडियो कन्फरेन्समा पनि विदेशमा रहेका नेपालीलाई त्यहाँको सरकारले गरिरहेको सुरक्षाको बारेमा जानकारी लिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू