अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३३ | Colorodo: 09:48

स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न एमनेस्टीको माग

बिआरटीनेपाल २०७६ चैत १३ गते ६:१४ मा प्रकाशित

कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले आग्रह गरेको छ । कोरोना सङ्क्रमित विरामीसँग पहिलो पटक स्वास्थ्यकर्मीले नै भेट गर्नुपर्ने भएकाले उनीहरूलाई आवश्यक सुरक्षात्मक उपकरण दिनुपर्ने एमनेस्टीले भनेको हो ।

अफगानिस्तान, बंगलादेश, भारत, नेपाल र पाकिस्तानका स्वास्थ्यकर्मीले आफूहरुका लागि सुरक्षा प्रदान गर्ने उपकरणको अभाव भएको भन्दै चिन्ता व्यक्त गरिरहेको एमनेस्टीले विज्ञप्तीमा उल्लेख गरेको छ । एमनेस्टीले दैनिक रुपमा कमाएर खाने वर्गका लागि प्याकेज ल्याउन सुझाव दिएको छ ।

सडकमा बिभिन्न सामग्रीका विक्रेता, सरसफाइ कामदार, चालक, निर्माणकर्मी, सफा गर्ने, चिया रोप्ने कामदार, भरियालगायत लकडाउनका कारण समस्यामा परेको उसको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू