अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१४ | Colorodo: 09:29

दीपक बज्राचार्यको ‘लक डाउन’ गीत सार्वजनिक (भिडियोसहित)

बिआरटीनेपाल २०७६ चैत १३ गते ५:३१ मा प्रकाशित

गायक दीपक बज्रचार्यले आफ्ना दर्शक स्रोतालाई क्वारेन्टाइनमै बसेर सांगीतिक मनोरञ्जन दिइरहनुभएको छ । कोरोना भाइरसको प्रकोपबाट बच्न सरकारले देशभर लक डाउनको घोषणा गरेपछि बज्राचार्यले फेसबुक लाइभमार्फत दर्शक स्रोतालाई मनोरञ्जन दिनुभएको हो ।

हालै बज्रचार्यले युट्युबमार्फत ‘लक डाउन लक डाउन’ बोलको नयाँ गीत सार्वजनिक गर्नुभएको छ । जसमा उहाँले कोरोनाको संक्रमण कम गर्नको लागि विश्वभरी भइरहेको लक डाउन र त्रासको बारेमा वर्णन गर्नुभएको छ । आफ्नो फेसबुक पेजमा नयाँ गीत सार्वजनिक गर्दै उक्त गीत अहिलेको अवस्थासँग मिल्दो जुल्दो रहेको र लिरिक्स पनि तुरुन्तै रचना गरिएको बज्राचार्यको भनाई छ । दीपक बज्रचार्यको स्वर रहेको गीतको शब्द बिजेन्द्र बज्रचार्यले लेख्नुभएको हो ।

गीत बनाउनुको मुख्य उद्देश्य भनेको संसारको वर्तमान अवस्थालाई स्वीकार्नु र यस मार्फत सकारात्मक बन्नु र सम्भव भएसम्म मनोरञ्जन दिनु रहेको बज्राचार्यले बताउनुभयो । गायक बज्राचार्यले लक डाउनको अवस्था छिट्टै फिर्ता हुने र त्यतिन्जेलसम्म सुरक्षितसँग घरमै बस्न सबैलाई आग्रह पनि गर्नुभएको छ ।

प्रतिक्रिया