अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५३ | Colorodo: 03:08

पोखराका भीडभाड हुने सार्वजनिक स्थलमा किटनाशक औषधी छर्न शुरु

बिआरटीनेपाल २०७६ चैत १३ गते ५:१४ मा प्रकाशित

पोखरा महानगरपालिकाले नगर क्षेत्र भित्रका भीडभाड हुने सार्वजनिक स्थानमा (डिसइन्फेक्सन स्प्रे) अर्थात किटनाशक औषधी छर्ने अभियान थालेको छ । महानगरपालिकाको न्युरोडस्थित कार्यालयबाट किटनासक औषधी छर्ने काम शुरु गरिएको हो । किटनाशक औषधी छर्ने कामको गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले एक कार्यक्रमका बीच संयुक्तरुपमा शुभारम्भ गर्नुभएको छ ।

कोरोना भाइरसको संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन किटनाशक औषधी छर्र्ने अभियान थालिएको महानगरका प्रमुख मानबहादुर जिसीले बताउनुभयो । उहाका अनुसार महानगर क्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय लगायत ठाउँहरुमा किटनाशक औषधी छरिने छ । यसैबीच, मेयर जिसीले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन महानगरबासीसँग आग्रह समेत गर्नुभएको छ ।

कार्यक्रममा मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले पोखरा महानगरपालिकाको किटनाशक औषधी छर्ने कार्यक्रमको प्रसशां गर्दै गण्डकी प्रदेशमा हाल डराइहाल्नु पर्ने अवस्था नरहेको र कोरोना भाइरसको रोकथामको प्रदेश सरकार सम्पुर्ण तयारीमा जुटेकोे बताउनुभयो । अभियान अन्तरगत महानगरले पहिलो चरणमा १ सय लिटर किटनाशक औषधी ल्याइ छर्ने काम सुरु गरेको र आवश्यकता अनुसार खरिद गरी मुख्य मुख्य छर्ने कामलाई नितरन्तरता दिईने पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले जानकारी दिनुभयो । यो किटनाशक औषधी अस्पताल र भीडभाड हुने सार्वजनिक स्थानमा छकिईने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू