अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

लण्डनमा अर्का एक नेपालीको पनि कोरोना भाइरसका कारण मृत्यु

बिआरटीनेपाल २०७६ चैत १३ गते ५:१३ मा प्रकाशित

लण्डनमा तीन दिनअघि निधन भएका ४० वर्षीय प्रशान्त अर्यालको कोरोना भाइरसका कारण निधन भएको अस्पतालले पुष्टि गरेको छ । लण्डनबाट अर्याल उपचाररत रहेको अस्पताललाई उद्धृत गर्दै बिबिसीका पत्रकार भगीरथ योगीले दिएको जानकारीअनुसार निधनको ७२ घन्टापछि उक्त अस्पतालले कोरोना भाइरसका कारण उनको निधन भएको पुष्टि गरेको हो।

चितवन बसेनीका ४० वर्षीय अर्याल लण्डनको साउथ इस्ट क्षेत्रमा बस्दै आएका थिए । शनिबार बिहान अचानक अस्वस्थ भएका स्थानीय क्विन एलिजावेथ अस्पताल पुर्याईएका अर्यालको सोमबार निधन भएको थियो। यसअघि लण्डनकै ह्यारोका ६५ वर्षीय लीलाबहादुर राईको पनि कोरोना भाइरसका कारण निधन भएको थियो। ६५ वर्षीय राई भूतपूर्व गोर्खा सैनिक थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू