अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१० | Colorodo: 01:25

उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन सरकारलाई मानवअधिकार आयोगको आग्रह

बिआरटीनेपाल २०७६ चैत १३ गते ४:४३ मा प्रकाशित

राष्ट्रिय मानवअधिकार आयोगले लकडाउन अर्थात् बन्दाबन्दीका बेला सरकारलाई नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्न र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन आग्रह गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले लकडाउनका बेला घरमै रहेका अपाङ्गता भएका बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अति विपन्नहरूको लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन आग्रह गरेको हो ।

उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र तीनका परिवारको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न पनि आयोगले सरकारलाई भनेको छ । लकडाउन उल्लंघन नगर्न आह्वान गर्दै आयोगले, ‘सरकारले गरेको लकडाउनको सबै नागरिकले पूर्ण पालन गरी घरभित्रै रहन र त्यसको अवज्ञा नगर्न’ भनेको छ । अवज्ञा गर्नेलाई पनि मानवोचित व्यवहार र कानून बमोजिम कारवाही गर्न आयोगले सम्झाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू