अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५४ | Colorodo: 13:09

अफगानिस्तानको काबुलस्थित शिख मन्दिरमा आक्रमण, कम्तीमा २७ व्यक्तिको मृत्यु

बिआरटीनेपाल २०७६ चैत १२ गते २२:३२ मा प्रकाशित

अफगानिस्तानको राजधानी काबुलस्थित एक शिख मन्दिरमा भएको आक्रमणमा परी २७ जनाको मृत्यु भएको छ। काबुलको गुरूद्वारा (मन्दिर)मा आत्मघाती बम हमला गर्नुका साथै बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गरेको बताईएको छ ।

तालिवान विद्रोहीले बुधबार गरेको यो आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ। काबुलको मध्यक्षेत्र शोर्बाजारमा रहेको मन्दिरमा मा आक्रमण भएको थियो। इस्लामिक स्टेटसम्वद्ध एक अफगानी समूहले आक्रमण गरेको उक्त समूहले दावी गरेको छ।

आक्रमण भएको समयमा १५० जना श्रद्धालु मन्दिरभित्र रहेका अफगानी अधिकारीले जानकारी दिएका छन् । घटनास्थलबाट केही मानिसलाई घाइते अवस्थामा उद्धार गरिएको थियो तर संख्या बारेमा विभिन्न सञ्चारमाध्यमले फरक फरक रिपोर्ट दिएका छन्।

एएनआईलाई अफगान सुरक्षा स्रोतले दिएको जानकारीमा घटनामा २७ जनाको मृत्यु भएको र अन्य ८ जना घाइते भएको उल्लेख छ। अफगान सुरक्षाकर्मीका अनुसार घटनास्थलमा रहेका आक्रमणकारी सबै ४ जनाको हमलापछि गरिएको सुरक्षा कारबाहीमा मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू