अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

क्राइस्टचर्च आक्रमणमा संलग्न टारान्ट दोषी ठहर

बिआरटीनेपाल २०७६ चैत १२ गते २२:२४ मा प्रकाशित

न्यूजिल्याण्डको क्राइस्टचर्चमा एक वर्षअघि ५१ जनाको ज्यान जाने गरी मस्जिदमा आक्रमण गर्ने एकजना दोषी ठहर भएका छन् । ५१ जनाको हत्या अभियोग लागेका २९ वर्षका ब्रेन्टन टारान्टले अरु ४० जनाको पनि हत्याको प्रयास गरेको तथा अर्को एक आतंकवादी अभियोग पनि स्वीकार गरेका छन् । उनले यसअघि अभियोग अस्वीकार गर्दै आएका थिए र आउँदो जुनमा सुनुवाई सुरु हुने थियो ।

वर्ष दिनअघि क्राइस्टचर्चका दुई मस्जिदमा भएको आक्रमणले विश्वलाई नै रोकमा डुबाएको थियो । सो घटना लगत्तै न्यूजिल्याण्डले बन्दुक सम्बन्धी कडा कानून ल्याएको थियो । कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप अहिले न्यूजिल्याण्ड लकडाउनको अवस्थामा छ । त्यहि कारण बिहीबार क्राइस्टचर्च उच्च अदालतमा भएको स्केल्ड–डाउन सुनुवाईपछि फैसला सुनाइएको हो ।

अदालतमा कोही पनि सर्वसाधारणलाई प्रवेश दिइएको थिएन । दोषी ठहर भएका टारान्ट र उनका वकिल अस्ट्रेलियाको न्यू साउथ वेल्सबाट भिडियो लिंक मार्फत जोडिएका थिए । तर दुई मस्जिदका एक प्रतिनिधिलाई भने सुनुवाईमा उपस्थित हुन दिइएको थियो । टारान्टलाई कस्तो सजाय हुने छ भन्ने तय गर्ने मिति तोकिएको छैन । उनी आउँदो मे १ सम्म जेलमै रहने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू