अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३१ | Colorodo: 06:46

कोरोना प्रभावित व्यवसायीले चैत मसान्तसम्म कर्जाको साँवा, ब्याज भुक्तानी गर्नु नपर्ने

बिआरटीनेपाल २०७६ चैत १२ गते २२:२४ मा प्रकाशित

कोरोना प्रभावित व्यवसायीहरूले चैत मसान्तसम्म कर्जाको सावा तथा ब्याज भुक्तानी गर्नु नपर्ने भएको छ । अर्थ मन्त्रालयले बैँक तथा वित्तीय संस्था र गैरबैँकिङ वित्तीय संस्थालाई चैत मसान्तसम्म कर्जा असुली स्थगन गर्न निर्देशन दिएको हो । ‘संक्रमणको अवधि तत्काल यकिन गर्न व्यावहारिक नभएकाले कोरोना प्रभावित व्यवसायहरुको साँवाब्याज असुली सम्बन्धी कार्य चैत्र मसान्तसम्मका लागि स्थगन गर्ने,’ निर्देशनमा भनिएको छ ।

कुन कुन व्यवसाय तथा क्षेत्र कोरोना प्रभावित भन्ने खुलाइएको छैन । सो अवधिमा प्रवाह भएको कर्जाको बर्गीकरण तथा नउठेको खराब कर्जा बापत गर्नुपर्ने व्यवस्था पनि स्थगनको व्यवस्था मिलाउन अर्थमन्त्रालयले राष्ट्र बैँकलाई निर्देशन दिएको छ । बैँकको काउन्टरमा आउने ग्राहकलाई वितरण गर्ने नोटलाई सङ्क्रमणरहित बनाएर मात्र वितरण गर्न पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू