अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४६ | Colorodo: 05:01

इटालीमा कोरोनाबाट मृत्यु हुने ७५ सय नाघ्यो, कम्तिमा ५० पादरीको मृत्यु

बिआरटीनेपाल २०७६ चैत १२ गते २२:२१ मा प्रकाशित

विश्वव्यापी महामारी बनेको कोरोना भाइरसले विश्वका २१ हजारभन्दा बढी मानिसको मृत्यु भैसकेको छ । सबैभन्दा बढी मानिसको मृत्यु इटालीमा भएको छ । त्यहाँ कोरोना भाइरसको संक्रमणका कारण ७ हजार ५०३ जनाको मृत्यु हुँदा ५० जनाभन्दा बढी इसाई धर्मका पादरीको पनि निधन भएको सरकारी अधिकारीले बताएका छन् ।

कोरोनाका कारण मृत्यु हुनेमा लोवेरे बेर्गोमोस्थित चर्चका पादरी ७२ वर्षे जुसेप्पे बेरार्देली पनि छन् । बेर्गोमो कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित शहरमा पर्छ । फादर जुसेप्पेको मार्चको सुरुमा निधन भएको हो । भाइरसबाट पोपकै मृत्यु हुन थालेपछि सबजसो गिर्जाहरु बन्द गरिएका छन् ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित इटालीमा करिब ७५ हजारमा संक्रमण देखिएको छ । करिब १० हजार जनामा निको भएको छ भने अरुले एकान्तवासमा रहेर उपचार गराइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू