अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०५ | Colorodo: 14:20

कोरोनाका कारण २१ हजार २ सय ८३ जनाको मृत्यु, ४ लाख ७१ हजार ६० जनामा भाइरस संक्रमणको पुष्टि

बिआरटीनेपाल २०७६ चैत १२ गते २२:२० मा प्रकाशित

विश्वमा महारामारीको रुपमा तीब्र गतिमा फैलिरहेको कोभिड–१९ का कारण मृत्यु हुने र संक्रमितको संख्या बढिरहेको छ । १९८ राष्ट्र प्रभावित भएका छन् । विश्वभर २१ हजार २ सय ८३ जनाको मृत्यु भएको छ । ४ लाख ७१ हजार ६० जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।

१ लाख १२ हजार २ सय १८ जना उपचारपछि घर फर्किएका छन् । चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरू भएपनि अहिले युरोप यसको केन्द्रविन्दु बनेको छ । सबैभन्दा धेरै मानिसको मृत्यु इटालीमा भएको छ । थप ६ सय ८३ जनाको मृत्यु भएपछि त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ । इटालीमा दैनिक मृत्युदर निकै डरलाग्दो अवस्थामा छ । हाल ७४ हजार ३ सय ८६ जना सङक्रमित रहेको इटालीमा ९ हजार ३ सय ६२ जना उपचारपछि घर फर्किएका छन् ।

स्पेनमा पनि मृत्यु हुनेको संख्या बढिरहेको छ । त्यहाँ थप ६ सय ५६ जनाको मृत्यु भएपछि मृतकको संख्या ३ हजार ६ सय ४७ पुगेको छ । ५ हजार बढी उपचार पछि निको भएका छन् । स्पेनका उपप्रधानमन्त्री कार्मेन काल्भो कोरोना कोरोना संक्रमित पुष्टि भएको छ । आपतकालीन अवस्था थप दुई हप्ता बढाइएको छ ।

मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको संक्रमण डरलाग्दो अवस्थामा छ । त्यहाँ कोरोनाकै कारण २ हजार ७७ जनाको मृत्यु भएको छ । जर्मनीमा २ सय ६ जनाको मृत्यु भएको छ भने ३७ हजार ३ सय २३ जना संक्रमित छन् । अमेरिकामा ९ सय ३४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६५ हजार ६ सय ५२ पुगेको छ ।

फ्रान्समा १ सय ३ सय ३१ जनाको मृत्यु भएको छ । २५ हजार २ सय ३३ जना संक्रमित छन् । दक्षिण कोरियामा कोरोनाका कारण १ सय २६ जनाको मृत्यु भएको छ भने ९ हजार १ सय ३७ जना संक्रमित छन् । यस्तै बेलायतमा कोरोनाका कारण ४ सय ६५ जनाको मृत्यु र संक्रमितको संख्या ९ हजार ५ सय २९ पुगेको छ । यता भारतमा १२ जनाको मृत्यु र संक्रमितको संख्या ६ सय ५७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू