अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५३ | Colorodo: 15:08

देशव्यापी “लकडाउन” को आज तेश्रो दिन, जनजीवन सामान्य, नागरिकस्तरबाट पालना

बिआरटीनेपाल २०७६ चैत १२ गते २२:१९ मा प्रकाशित

कोरोना भाइरसबाट बच्न सरकारले एक साताका लागि गरेको लकडाउनको तेश्रो दिन आज पनि नागरिकस्तरबाट यसको पालना भएको छ । सर्वसाधारणहरु अत्यावश्यक कामबाहेक घर बाहिर समान्यतयाः निस्केका छैनन् भने अत्यावश्यक सेवाका बाहेका अन्य सवारी साधनहरु चलेका छैनन् । छिटपुटरुपमा घर बाहिर निस्केकाहरुलाई पनि सुरक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका छन् ।

देशभरका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । लकडाउनका कारण अधिकांश शहरी क्षेत्रमा मानिसहरु घरमै बसेकाले शहर बजार पनि सुनसान बनेका छन् । तर, कतिपयले भने लकडाउनलाई यसअघि हुँदै आएका बन्दको रुपमा लिएर त्यति गम्भीर नभएको पाइएको छ ।

अटेर गरी सड्कमा निस्केर सरकारी निर्देशनको अवज्ञा गर्नेहरुलाई सुरक्षाकर्मीहरुले नियन्त्रणमा समेत लिँदै आएका छन् । सरकारी निर्देशनको अवज्ञा गरेर सवारी साधन चलाउनेहरुलाई प्रहरीले कारवाही गरेको छ भने सवारी साधानहरु नियन्त्रणमा लिईएको छ । त्यसैगरी अनावश्यक रुपमा घर बाहिर निस्कने र भीडभाड गर्नेहरुलाई पनि प्रहरीले सम्झाई बुझाई घर फर्काएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू