अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३४ | Colorodo: 02:49

अमेरिकाको कोलोराडो राज्यमा भोलि बिहीबार बिहान ६ बजे देखी ‘स्टे–एट–होम अर्डर’

बिआरटीनेपाल २०७६ चैत १२ गते १७:५० मा प्रकाशित

डेनभर । कोलोराडो गभर्नर जेरेड पोलिसले कोलोराडो राज्य भरी ‘स्टे–एट–होम अर्डर’ जारी गरेका छन् । कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रण गर्न जारी गरिएको उक्त आदेश भोलि बिहान (मार्च २६) ६ बजेदेखि कार्यान्वयनमा आउने छ । यस अघि कोलोराडोका विभिन्न सहरका मेयरहरूले ‘स्टे–एट–होम अर्डर’ गरिसकेका थिए । त्यसरी गर्ने शहरहरुमा डेनभर, बोल्डर आदी थिए ।

आगामी अप्रिल ११, २०२० सम्मका लागि जारी गरिएको उक्त आदेशमा उनले “कोलोराडोबासीको ज्यान बचाउनको लागि यो अर्डर गरेको हो” भनेका छन् । ग्रोसरी लिन, औषधी किन्न, व्यायाम गर्न तर ‘सोसियल डिस्ट्यान्सिङ’ कायम गरेर गर्न पाइनेछ । स्वास्थ्य कार्यकर्ता, ग्रोसरी स्टोरका कर्मचारी, सरकारी अधिकारीहरू काममा जान आउन पाउनेछन् । ग्रोसरी स्टोरी, औषधी र व्यायाम सामाग्री भएका पसलहरू भने खुला रहने छन्, तर, ‘सोसियल डिस्ट्यान्सिङ’ भने कायम राख्नु पर्नेछ, उनले भनेका छन ।

आज ४ बजे निकालिएको तथ्याङ्क अनुसार कोलोराडोमा संक्रमणबाट मृत्‍यु हुनेको सङ्ख्या १९ छ भने संक्रमण १०८६, अस्पताल भर्ना १४८ र ८०६४ जनाको चेक गरिसकेको छ । अमेरिकाका अन्य सबै राज्य भन्दा धेरै न्युयोर्कमा ३०,८११ जनालाई कोरोना संक्रमण भएको र २८५ जनाको मृत्यु भैसकेको छ । अमेरिकामा अहिले सम्म ६५,६५२ भन्दा धेरैलाई सङ्क्रमण भएको पाइएको छ भने झन्डै ९३१ जनाको ज्यान गइसकेको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू