अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५५ | Colorodo: 03:10

कोरोना भाइरस सङ्क्रमित नर्सले अरूलाई सर्ने डरले गरिन आत्महत्या

विजय थापा २०७६ चैत १२ गते १४:२७ मा प्रकाशित

भर्जिनिया, अमेरिका। इटालीमा कोरोना भाइरस सङ्क्रमितहरूको उपचारमा खटिएकी नर्सले आफूलाई समेत संक्रमण भएको थाहा भएपछि आत्महत्या गरेकी छिन् । डेली मेलले जनाए अनुसार ३४ वर्षीया नर्स डेनिला ट्रेज्जीले कोरोनाको सबैभन्दा प्रभावित क्षेत्र लोम्वार्दीमा अग्रपङ्क्तिमा रहेर सङ्क्रमितहरूको उपचार गरेकी थिइन ।

करोनाभाइरसबाट सङ्क्रमितहरूको उपचार गर्दागर्दै म आफै सङ्क्रमित भएकोले अब अरू मानिसहरूलाई सङ्क्रमित गर्ने बोझ सहन सक्ने क्षमता म मा छैन। त्यसैले अरू धेरैको जीवन बचाउनको लागि आफ्नो जीवन अन्त्य गर्ने निर्णय गरे, उनले सु साइड नोटमा भनेकी छिन् ।

नर्सहरूको महासङ्घ इटालीले मृतक डेनिला ट्रेज्जी कोरोनाबाट सबैभन्दा बढी प्रभावित लोम्बार्डी क्षेत्रमा अग्रसर भएको तर उनको आत्महत्याको खबरले सबै चिकित्सकहरू र सिङ्गो मुलुक स्तब्ध भएको जनाएको छ ।

(तस्बिर :साभार न्यु योर्क पोस्ट)

प्रतिक्रिया