अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४० | Colorodo: 11:55

अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट वरियतामा नेपाल यथावत

बिआरटीनेपाल २०७६ चैत १२ गते ८:२४ मा प्रकाशित

अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट वरियतामा नेपाल यथावत रहन सफल भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहेको हो । नयाँ वरियतामा नेपाल १५ औँ स्थानमा रहेको छ ।

यसअघि पनि नेपाल १५ औँ स्थानमा रहेको थियो । टी–ट्वान्टीमा लगातार खराब प्रदर्शन गर्दै आएको कारण नेपाल गत महिना ३ स्थान तल झरेको थियो ।

नेपालको टी–ट्वान्टीमा ११ औँ स्थान सर्वाधिक उच्च वरियता हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेका छन् । स्कटल्याण्ड १२ औँ र युएई १४ औँ स्थानमा छ । नेपाल एकदिवसीय वरियतामा भने १६ औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया