अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३७ | Colorodo: 15:52

प्रतिनिधिसभाको बैठक चैत २३ गतेसम्मका लागि स्थगित

बिआरटीनेपाल २०७६ चैत १२ गते ८:२३ मा प्रकाशित

कोभिड १९ को सम्भावित जोखिम टार्न लकडाउन अवधिमा परेको प्रतिनिधिसभाको बैठक यही चैत २३ गतेसम्मका लागि सारिएको छ ।

सङ्घीय संसद सचिवालयका कार्यबाहक महासचिव गोपालनाथ योगीले सूचना निकालेर सरकारले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका कारण बैठक सार्नुपरेको जानकारी गराउनुभएको छ ।

यसअघि यही चैत ७ गतेलाई बोलाइएको बैठक पनि बिहीबार बस्ने गरी स्थगित भएको थियो । राष्ट्रियसभाको बैठक भने यसअघि नै अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू