अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१७ | Colorodo: 03:32

रुसमा ७ दशमलव ५ म्याग्निच्युडको शक्तिशाली भूकम्प

बिआरटीनेपाल २०७६ चैत १२ गते ८:२२ मा प्रकाशित

रूसमा ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको छ । रसिया टुडेले स्थानीय समय अनुसार दिउँसो सुदूर पूर्वी कुरिल टापु नजिकै भूकम्प गएको जनाएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि १ हजार किलोमिटरसम्म सुनामी आउन सक्ने चेतावनी जारी गरेका छन् । सुनामीले अमेरिकाको हवाई, जापान लगायतका क्षेत्रमा असर पुग्न सक्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू