अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०८ | Colorodo: 12:23

पोखरामा क्वारेन्टाइनमा बसेका एक ब्यक्तिको मृत्यु

बिआरटीनेपाल २०७६ चैत १२ गते ८:१८ मा प्रकाशित

हालै भारतबाट नेपाल फर्किएका एक ब्यक्तिको पोखरामा मृत्यु भएको छ । स्थानिय रुपा गाउँपालिका निवासी ५० वर्षीय ती ब्यक्ती भारतको हैदराबादबाट केही दिन अघि नेपाल फर्किएका थिए ।

थप उपचारकालागि पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याउँदै गर्दा उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । उनी १२ दिनअघि भारतबाट आएको र हिजो (मंगलबार) बाट क्वारेन्टाइनमा बसेको रुपा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा रहेका उनको अवस्था थप जटिल बनेपछि उपचारका लागि पश्मिाञ्चल अस्पताल पोखरा ल्याउने क्रममा मृत्यु भएको हो । अधिकृत पोखरेलका अनुसार ती व्यक्तिमा मुटुको रोग, कलेजो पहिल्यैदेखि समस्या रहेको थियो । उनको कोरोना संक्रमणको कारण मृत्यु भएको हो वा हैन एकिन भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू