अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३८ | Colorodo: 09:53

चीनद्धारा नेपाललाई २ हजार कोरोना जाँच गर्ने ’किट’ सहयोग

बिआरटीनेपाल २०७६ चैत १२ गते ८:१८ मा प्रकाशित

चीनले नेपाल सरकारलाई कोरोना भाइरस परीक्षण गर्ने २ हजार किट सहयोग गरेको छ। चीनको ह्वा खथाई अर्थात् बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले बुधबार बेइजिङस्थित नेपाली राजदूतावासलाई किट हस्तान्तरण गरेको छ । उत्पादक कम्पनीका महाप्रबन्धक वाङ कुओफिङले सहयोगस्वरुप ती सामग्री नेपाललाई निःशूल्क हस्तान्तरण गर्नुभएको हो ।

प्रति टेस्टिङ किटले एकजनामा कोरोना भाइरस सम्बन्धी परीक्षण गर्न सकिन्छ। हाल विश्वका अन्य मुलुकमा पनि सो कम्पनीद्वारा उत्पादित किटहरू भाइरस जाँचका लागि प्रयोग भइरहेका छन्। चीनका लागि कार्यवाहक राजदूत सुशील लम्सालका अनुसार बेइजिङबाट ती सामग्री भोली नै तिब्बतको ल्हासा पुग्नेछन्। त्यहाँस्थित नेपाली महावाणिज्य दूतावासको पहलमा स्थलमार्ग हुँदै ती सामग्री नेपाल पठाइनेछ।

२ हजार किटको मूल्य करीब ३० हजार अमेरिकी डलर बराबर छ भने सामानको वजन २५ किलो बराबर छ। नेपाल सरकारले मुलुकमा लक डाउन गरे पनि आमरूपमा परीक्षण गर्ने स्वास्थ्य सामग्री नभएकाले नीजि क्षेत्रलाई समेत गुहारिरहेका बेला बेइजिङस्थित दूतावासले आफ्नो तर्फबाट पहल गरेको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू