अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५८ | Colorodo: 05:13

नेपालमा थप एक जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ३ पुग्यो

बिआरटीनेपाल २०७६ चैत १२ गते ८:०८ मा प्रकाशित

नेपालमा कोभिड १९ ( कोरोना भाइरस) को अर्का एक जना संक्रमित भेटिएका छन् । यस सँगै मुलुकमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । बुधबार तेस्रो केस पोजेटिभ भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । संक्रमित व्यक्ति धादिङका ३२ बर्षीय युवा रहेको बताईएको छ । उनको टेकु अस्पतालमा उपचार भइरहेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएकोमा ६८४ जनाको रिपोर्ट नेगेटिभ आएको छ। केही समयअघि चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो। उनी अहिले उपचारपछि निको भइसकेका छन्। नेपालमा चैत ४ गते कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा संक्रमण देखिएको थियो। उनको पनि उपचार भईरहेको छ ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड– १९ का कारण अहिलेसम्म १८ हजार ९ सय १२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ४ लाख २३ हजारभन्दा बढी संक्रमित हुँदा १लाख ९ हजारभन्दा बढी निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू