अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४४ | Colorodo: 15:59

चीनको वुहानमा पाँच दिनको शून्य संक्रमणपछि फेरि देखियो नयाँ संक्रमण

बिआरटीनेपाल २०७६ चैत ११ गते २२:३३ मा प्रकाशित

विश्वव्यापी महामारी निम्त्याएको कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानमा फेरि नयाँ संक्रमणका घटना देखा परेका छन् । वुहान सहरमा विगत पाँच दिनसम्म नयाँ संक्रमण शून्यमा पुगेको थियो । तर फेरि उक्त भाइरसबाट संक्रमित देखा परेका हुन् । चीनले वुहानमा कोरोना सङ्क्रमण घट्दै गएपछि सो महामारी नियन्त्रणमा ल्याइसकेको दाबी गरेको थियो । पाँच दिनदेखि वुहानमा कुनै पनि नयाँ सङ्क्रमण देखिएको थिएन ।

तर पछिल्लो समय देखिने नयाँ घटनाहरु भने चीनभित्रैबाट नभएर बाहिरबाट आउनेमा देखिएको त्यहाँका अधिकारीहरू बताउँछन् । उनीहरूका अनुसार विगत २४ घण्टामा चिनियाँ मुख्य भूभागमा मात्रै ८० वटा नयाँ सङ्क्रमण पाइएको बिबिसीले लेखेको छ । तीमध्ये ४ जनाबाहेक बाँकी सबै चीनबाहिरबाट आएकाहरुमा देखिएको अधिकारीहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू