अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०० | Colorodo: 02:15

कोरोना भाइरसका कारण मर्नेको सिलसिला रोकिएन, विश्वभर १८ हजार ९ सय ७ को मृत्यु

बिआरटीनेपाल २०७६ चैत ११ गते २२:३१ मा प्रकाशित

विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण १९२ राष्ट्र प्रभावित भएका छन् । भाइरसको संक्रमणबाट अहिलेसम्म विश्वभर १८ हजार ९ सय ७ जनाको मृत्यु भएको छ । ४ लाख २२ हजार ८ सय २९ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।

संक्रमितहरु ठूलो संख्यामा उपचार पछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार १ लाख ९ हजार १ सय १ जना संक्रमित उपचारपछि निको भएका छन् । यता, चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरू भएर युरोपमा समेत आक्रामक रुपमा फैलिएको कोरोनाका कारण सबैभन्दा धेरै इटलीका मानिसको मृत्यु भएको छ ।

त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ८ सय २० जना पुगेको छ । इरानमा १ हजार ९ सय ३४ व्यक्तिको मृत्यु भइसकेको छ भने २४ हजार ८ सय ११ जना संक्रमित छन् । स्पेनमा २ हजार ९ सय ९१ जनाको मृत्यु भएको छ ।

संक्रमितको संख्या ४२ हजार २ पुगेको छ । जर्मनीमा १ सय ५९ जनाको मृत्यु भएको छ भने ३२ हजार ९ सय ९१ जना संक्रमित छन् । अमेरिकामा ७ सय ५ जनाको मृत्यु भएको छ भने ५३ हजार ७ सय ९४ जना संक्रमित छन् । फ्रान्समा एक हजार एक सय जनाको मृत्यु भएको छ ।

२३ हजार ३ सय ४ संक्रमित छन् । दक्षिण कोरियामा कोरोनाका कारण एक सय २० जनाको मृत्यु भएको छ भने ९ हजार ३७ संक्रमित छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० र संक्रमितको संख्या ५ सय ३६ पुगेको छ । यस्तै पाकिस्तानमा ७ जनाको मृत्यु र ९ सय ७२ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू