अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०७ | Colorodo: 07:22

त्रिवि शिक्षण अस्पतालले टेली हेल्थ सेन्टरबाट सुविधा दिने

बिआरटीनेपाल २०७६ चैत ११ गते २२:३० मा प्रकाशित

त्रिवि शिक्षण अस्पतालले सर्वसाधारणको सुविधाका लागि कोरोना टेली हेल्थ सेन्टरबाट सुविधा दिने भएको छ । एक सूचना जारी गर्दै अस्पतालले बिरामीले कुनै समस्याका बारेमा परामर्श लिनु परेमा जुम, स्काइप वा अस्पतालको हटलाइन नम्बरमा सम्पर्क गर्न सक्ने जनाएको छ ।

यसका लागि ०१–४४१००३४ मा डायल गर्न सकिनेछ भने जुम एपको आइडी ८०६१५०९३२४ मा सम्पर्क गर्न सकिने अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले जानकारी दिनुभयो । यसबारे थप जानकारी अस्पतालको फेसबुक पेजमा पनि दिइएको छ ।

जसमा विभिन्न रोगको परामर्श सुविधाको हट नम्बरहरू उपलब्ध गराइएको छ । यो सेवा बिहानको १० बजेदेखि दिउँसोको ३ बजेसम्म सम्पर्क गरी लिन सकिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू