अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

चीनको हुबेई प्रान्तमा गरिएको ‘लकडाउन भोली देखि हटाइने

बिआरटीनेपाल २०७६ चैत ११ गते ७:२० मा प्रकाशित

कोरोना भाइरस कोभिड–१९ को इपिसेन्टर मानिएको चीनको हुबेई प्रान्तमा गरिएको ‘लकडाउन भोली देखि हटाइने भएको छ । आज चिनियाँ अधिकारीहरुले वुहान बाहेक हुबेईका अन्य ठाउँमा लकडाउन हटाइने जानकारी दिएका हुन् ।

कोभिड–१९ को प्रकोप कम हुँदै गएको र बाहिरबाट आएकाहरुमा मात्रै संक्रमण देखिएको भन्दै चीनले लकडाउन हटाउन लागेको हो । आज हुबेईको प्रान्तीय सरकारले भोली रातिदेखि यातायात सञ्चालन गर्ने तयारी थालेको जानकारी दिएको छ ।

भोली रातिदेखि हुबेईभित्र र बाहिर यात्रा गर्न पाइनेछ । तर यात्रा गर्नका लागि भने सबै नागरिकले ग्रीन कोड लिनुपर्ने अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू