अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१९ | Colorodo: 18:34

डब्लूएचओ को निर्देशन– “आवतजावतमा कडाइ गर्नु, भौतिक दुरी कम गर्नु”

बिआरटीनेपाल २०७६ चैत १० गते २२:२४ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसको महामारी तीव्र रुपमा फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । गत डिसेम्बरमा चीनको वुहान शहरबाट सुरु भएको कोरोनाकाबाट संक्रमतिको संख्या बढ्दै गएको भन्दै डब्लूएचओले चिन्ता व्यक्त गरेको हो ।

विश्वव्यापी रुपमा महामारी सुरु भएको ६७ दिनमा संक्रमितको संख्या एक लाख पुगेको थियो भने बाँकी ११ दिनमै थप एक लाख नयाँ संक्रमित देखा परेका थिए । त्यसैगरी संक्रमितको संख्या दुई लाख पुगेको चार दिनपछि नै उक्त संख्या बढेर तीन लाख नाघेको छ ।

संक्रमित र मृतकको संख्या बढ्दै गएपछि डब्लूएचओका महानिर्देशक ट्रेडोस अडानोम गेबेरियससले महामारी नियन्त्रणका लागि चेकजाँच र भाइरसको परीक्षणलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । उहाँले भाइरसको संक्रमणलाई परास्त गर्न प्रभावकारी रुपमा सुरक्षाका उपाय अपनाउनुपर्ने पनि बताउनुभयो ।

आम माासिनलाई घरमै बसेर भौतिक दूरी कम गरी महामारी नियन्त्रणको प्रयासलाई सहयोग गर्न गेबेरियससले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू