अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५६ | Colorodo: 12:11

टोकियो ओलम्पिक अनिश्चित, सार्ने कि रद्द गर्ने निर्णय हुन बाँकी

बिआरटीनेपाल २०७६ चैत १० गते २२:२३ मा प्रकाशित

अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले जापनामा हुने टोकियो ओलम्पिकबारे अन्तिम निर्णय लिन चार साताको समय बाँकी रहेको बताइएको छ ।विश्वभर कोरोनाभाइरसको त्रासले ओलम्पिक सार्न चौतर्फी दबाब बढेपछि आइओसीले चार सातापछि अन्तिम निर्णय लिने जनाएको हो ।

आइओसीको हिजो बसेको कार्यकारी बोर्डको बैठकले टोकियो ओलम्पिकलाई सोझै रद्द गर्नुभन्दा केही महिना वा एक वर्षको लागि पर सार्ने सम्भावनाबारे प्रारम्भिक छलफल गरेको हो ।यद्यपी ओलम्पिक रद्द गर्ने विषयमा बैठकमा कुनै एजेण्डा पेश नभएको आईओसीको दाबी छ ।

अबको चार सातापछि परिस्थिति मूल्यांकन गरेर टोकियो ओलम्पिकबारे अन्तिम निर्णय हुनेछ । पछिल्लो समय ओलम्पिक सार्न विभिन्न देशका खेल संघ, खेलाडी र स्वयं ओलम्पिक कमिटिकै सदस्यहरुले दबाब दिइरहेका छन् ।

प्रतिक्रिया