अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२२ | Colorodo: 08:37

अस्ट्रेलियाबाट आएका दुई नेपालीलाई विमानबाट ओर्लिन दिइएन

बिआरटीनेपाल २०७६ चैत १० गते १९:५९ मा प्रकाशित

काठमाडौँ : इतिहाद एयरबाट नेपाल आएका दुई जना नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अड्किएका छन्। सोमबार दिउँसो इवाइ २९१ कल साइनको इतिहाद एयरबाट नेपाल आएका उनीहरूलाई विमानबाट ओर्लिन दिइएको छैन। केही समयअघि मात्रै दुई नेपाली आबुधाबी हुँदै अस्ट्रेलिया गएका थिए। अस्ट्रेलियाले उनीहरूलाई नेपाल फर्काएको थियो।

दिउँसो ३:५० मा विमानस्थलमा ल्यान्ड गरेको उक्त विमान दिउँसो ४:५० बजे उड्नुपर्ने विमानस्थल स्रोतले जानकारी दियो। खाली आउनुपर्ने उक्त विमानले दुई जना नेपाली लिएर आएको थियो।

अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू