अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०५ | Colorodo: 16:20

अमेरिकामा क्वारेन्टाईन १२ हप्तासम्म लम्बिन सक्ने

बिआरटीनेपाल २०७६ चैत १० गते ९:१० मा प्रकाशित

अधिकारीहरुले अमेरिकामा कोरोना भाईरस (कोभिड–१९) विरुद्धको क्वारेन्टाईन १२ हप्तासम्म लम्बिन सक्ने बताएका छन् । अमेरिकी वित्त सचिव स्टिभ मकिनले कोरोनाको प्रकोप १० देखि १२ हप्तासम्म जारी रहने सक्ने संभावना औंल्याउदै ८० मिलियन अमेरिकीहरु आगामी मार्च सम्म क्वारेन्टाईनमै रहनुपर्ने बताएका हुन् ।

फक्स न्युजसितको कुराकानीमा मकिनले भाईरस संक्रमणको दर अझै बढ्न सक्ने उल्लेख गर्दै घरमै बस्न र सुरक्षाको पूर्ण सुनिश्चितता नहुँदासम्म बाहिर ननिस्कन नागरिकहरुलाई अपील गरेका छन् ।

अमेरिकामा कोरोना भाईरसको संक्रमण बढिरहँदा न्युयोर्क, क्यालिफोर्निया लगायतका स्थानमा लकडाउन गरिसकिएको छ । मानिसहरुले अन्य राज्यमा पनि लकडाउन गर्न संघीय सरकारलाई आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू